कृपालाई शेर बहादुर खड्का प्रतिष्ठानको सम्मान

new diomond

पढाइ र खेल दुवैका उत्तिकै अब्ब्ल न्यु डाइमन्ड स्पोर्ट्स एकडेमीका भलीबल लिफ्टर कृपा अधिकारीलाई शेर बहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटले शनिबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्ट, प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले कृपालाई सम्मान गरे ।
२०७१ सालको एसएलसी परिक्षामा ८९.२५ प्रतिसत अंक प्राप्त गरेकोले कृपालाई प्रतिष्ठानले सम्मान गरेको बतायो । न्यु डायमन्ड एकेडेमीकी कृपालाई प्रतिष्ठानले १५ हजार रुपैया प्रदान ग¥यो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टले खेलाडीले खेलका साथै पढाइमा पनि ध्यान दिनु पर्ने बताउदै कृपाले प्राप्त गरेको अंकले नेपाली खेलकुद क्षेत्रका अन्य खेलाडीलाई हौसला मिल्ने विचार ब्यक्त गरे । सदस्य सचिव विष्टले आफनो कार्यकाललाई स्वणीम कार्यकाल बनाउने प्रतिबद्धता ब्यक्त समेत गरे ।
भलिबल खेलाडीले पढाइमा राम्रो अंक प्राप्त गर्नु गर्वको विषय भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए ।
प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले खेलाडीको हौसला बढाउनको लागी सम्मान गरेको बताए । प्रतिष्ठानले यसअघि जेष्ठ नागरिक सम्मान, पशुपतिमा शैयादान,भलिबल संघले आयोजन गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद सम्मान गरेको बताए । सोअवसरमा एकेडेमीका प्रिन्सिपल एवं प्रशिक्षक कुमार राईले खेलकुद गतिबिधि गर्ने संस्थाको मुल्याङक गरेर सहयोग गर्नु पर्ने धारणा ब्यक्त गरे । सम्मान कार्यक्रममा भलिबल संघकी सदस्य सुनकेसरी मालीलगायतको उपस्थिति रहेको थियो ।

Comment