जर्सीसंग पनि नेपालको कमजोर प्रदर्शन

cricket
लगातार दोस्रो पटक टी २० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित भयोे । पराजय पछि नेपालको ट्वान्टी २० मान्यता पनि नरहने निश्चित रहेको छ ।
नेपालले  ६ खेलबाट ३ अंकमात्र जोड्दै अंक तालीकाको पुछारमा रह्यो । पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले नामबीयासंगको खेल बर्षाका कारण सम्भब नभए पछि अंक बाडेको थियो । त्यस पछि लगातार चौथो पराजय भोगेको नेपाल आयरल्यान्ड, पपुवा न्युगीनी र जर्सीसंगको खेलमा अत्यन्त कमजोर सावित भएको छ ।
शनीबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो । सातौं क्रममा ब्याटिङ गर्दै डेब्यू ब्वाइ सिद्धान्त लोहनीले आक्रामक पारी खेल्दै नेपाल एक सय रन कटाउन सफल भएको हो ।
उनले १६ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । ज्ञानेन्द्र मल्लले २६ रन बनाए भने शरद भेसवाकर १६ र पारस खड्का ११ रनमा आउट भए ,। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।नाट वाट्किन्सले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।
१०६ रनको लक्ष्य जर्सीले १६.१ ओभरमा मात्र ३ विकेटको क्षतिमा पुरा ग¥यो । जर्सीका जोन्टी जेनर र पिटर गफले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । प्रतियोगिताका शिर्ष रन स्कोररको रुपमा रहेका जेनरले २६ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए भने गफले ३२ बलमा तीन छक्कासहित २७ रन बनाए ।
र्को्निलिस र बेन स्टिभन्सले चौथो विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्दै जर्सीको जित निश्चित गरे ।

Comment