मनीता तितो बाल्यकाल भुल्दै सफलताको पाइलामा

manita
पछिल्लो समय नेपाली जुडाको गतीबीेधीमा बालगृहको प्रमुख भुमिका रहेको छ । यसै अभियानमा रहेको पाम(प्रीजनर एसिस्टेन्स मिसन) को अभियान बालगृहकी खेलाडी राष्ट्रिय टोलीमा समाबेश भए पछि सार्थक भएको हो  । पाम कैदीबन्दी गृहका बालबालिकाहरुलाई संरक्षण गरी पढाउने र जुडो खेलाउन सस्था हो । पामको स्थापना विष्णु कुमारी वाइवा( पारिजात) ले गरेकी हुन् । पामकी  मनिता प्रधान श्रेष्ठ हालै  राष्ट्रिय टिममा प्रतिस्पर्धीलाई सहजै पराजित हराउदै राष्ट्रिय टोलीमा प्रबेश गनृ सफल भएकी छिन् ।
२५ बालबालिका रहेका पामका   २४ बालबालिका जुडो खेल्ने गर्छन् । छ वर्षअघि मात्र जुडो खेलमा प्रबेश गरेकोे पामले अरु पनि उत्कृष्ट जुडो खेलाडी उत्पादन गरिरहेको छ । त्यसमध्येकै मनीता भर्खरै मात्र राष्ट्रिय टिममा छनोट भएकी हुन् ।
मनिता सानै उमेरमा उनले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पदक हात पार्न सफल थिइन् । त्यसपछि लगातार चर्चामा रहेकी मनीताले आठ कक्षामा अध्ययन गर्दै रहदा राष्ट्रिय टोलीमा प्रबेशको अबसर पाएकी हुन् । हाल उनी बालविकास माध्यमिक विद्यालयमा अध्ययनरत छिन् । पन्ध्र वर्षीय मनितालाई जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले सुरुवाती प्रशिक्षण दिएका थिए ।
पामबाट सात बालबालिका अन्तर्रािष्ट्रय स्तरको प्रतियोगितामा सहभागि भइसकेका छन् । जसमा चार जनाले पदक जितीसकेका छन् । पाम अधिकांश समयमा टिम च्याम्पियन हुँदा मनिताको भूमिका महत्वपूर्ण नै रहने गरेको छ । प्रशिक्षक सूर्यनारायण भन्छन, ‘मनिताले सानैदेखि राम्रो खेल्थिन, त्यसैले पनि होला उनी राष्ट्रिय टोलीमा छिट्टै परिन् । मलाई विश्वास छ उनले नेपालका लागि ऐतिहासिक सफलता हात पार्ने छिन् ।’

मनीता पढाइमा पनि उत्तिकै तीक्ष्ण छिन् । मनिता आठौँ कक्षासम्म आइपुग्दा जहिले पनि प्रथम हुने गरेकी छिन् ।
यसअघि राष्ट्रियस्तरमा उनले दोस्रो नेकोस जुनियर जुडो च्याम्पियनसिप, पहिलो सी डब्लू सी एन जुडो च्याम्पियनसिप र तेस्रो कनसिन कप क्याडेड जुडो च्याम्पियनसिप लगायत प्रतियोगितामा स्वर्ण पदक हात पारेकी थिइन् । अन्तर्रा्ष्ट्रियस्तरमा उनले आइजेफ दक्षिण एसियाली क्याडेट जुडो, भुटानसगँको मैत्रीपूर्ण खेल र दक्षिण एसियाली क्याडेट जुडोलगायत थुप्रै प्रतियोगितामा स्वर्ण जितेकी छिन् । मनिता भन्छिन्, ‘मेरो लक्ष्य भनेको नै ओलम्पिकमा पदक जित्नु हो । त्यसका लागि अहिलेदेखि नै मिहेनत गर्नेछु ।’

Comment