पपुवा न्युगीनीसंग निश्चत जित आबस्यक

nepal cricket
हङ्गकङ्गसंग पाच विकेटको हार पछि नेपालको अर्को बर्ष भारतमा हुने ट्वान्टी २० बिश्वकप प्रतियोगितामा सहभागिताको सम्भावना कमजोर बनेको छ । चार खेलबाट तीन अंक जोडेको नेपालले बाकी रहेका दुइ खेलमध्य एकमा पराजित भए बाहीरिने सम्भावना प्रबल हुने छ ।
समुहमा चार खेलबाट ६ अंक जोडेको आयरल्यान्ड पहिलो स्थानमा छ ।  तीन खेलबाट पाच अंक जोडेको पपुवा न्युगीनी ५ अंक सहित दोस्रो तथा तीन अंक नै जोडेका नामीबीया र हङ्गकङ्ग तेस्रो र चौथो स्थानमा छन् । आयरल्यान्डसंगको खेलमा फराकिलो हार तथा अमेरिकासंगको प्रतिस्पर्धात्मक जित हात पारेको नेपालको कुनै टोलीसंग अंक बराबर भए पनि रनरेटले पछि पर्ने लगभग निशचत छ । नेपालले बाकी रहेका दुइ खेलमा पपुवा न्युगीनी तथा जर्सीसंग खेल्ने छ । न्युगीनीसग शुक्रबार नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा खेल्ने नेपालले त्यो खेलमा जित हात पारे पनि अंक तालीकामा नया समिकरण बन्न सक्ने छ भने न्युगीनीले जित हात पारे नेपाल बाहीरिने सम्भावना बढ्ने छ  ।

Comment