जुडो खेलाडी हङ्गकङ्ग र मकाउतर्फ

judo1हङ्गकङ्ग र मकाउमा आयोजना हुने एशियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिप अन्तरगतको विश्व स्तर निर्धारणमा सहभागि हुन जाने २ सदस्यिय टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुव बहादुर प्रधान र महासचिव जीवन राम श्रेष्ठले ओलम्पिक कमिटिमा बिदाई गरे ।
१६ देखि २० बर्ष मुनीको प्रतियोगितामा ६३ केजी मुनी फुपुल्हामु खत्री र प्रशिक्षकमा देबु थापा रहेकाछन् । खेलाडी तथा प्रशिक्षक नेपाल ओलम्पिक कमिटिबाट प्रदान गरिएको मिसन रियो २०१६ छात्रबृतीमा छनौट भई विशेष प्रशिक्षणमा रहेका छन् ।
प्रतियोगिता १७ देखि २० जुलाइसम्म हङ्गकङ्गमा र २३ देखि २७ मकाउमा आयोजना हुने संघले जनाएको छ ।
सो अबसरमा बोल्दै अध्यक्ष प्रधानले नेपाल ओलम्पिक कमिटिले स्तरिय खेलाडीहरुलाई ओलम्पिकमा सहभागि गराउन प्रयत्न गर्ने भन्दै खेलाडीहरुले पनि ओलम्पिकमा सहभागि हुन प्रयत्न गर्नु पर्नेमा जोड दिए । खत्रीलाई पनि उनको नतिजाको आधारमा छनोट गरिएको बताए । उनले कुशल खेलाडीलाई आइओसी सोलिडारिटी र ओसिएबाट अगाडी बढाउन इच्छुक रहेको वताए । टोली बुधबार नै  त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।

 

Comment