तेक्वान्दोको योगदान नजरअन्दाज गरियो ः गुरुंग
Manoj Shiama
16 July, 2015 11:16 am
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव केशवकुमार विष्ट र परिषद्का पदाधिकारीहरूलाई बुधबार सातदोबाटोस्थित तेक्वान्दो एकडेमिमा स्वागत ग¥यो । उक्त अवसरमा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक अर्जुन विकले तेक्वान्दो इतिहासका साथै तेक्वान्दोका उपलब्धिका बारेमा जानकारी प्रदान गरेका थिए ।सो अवसरमा बोल्दै सदस्यसचिव विष्टले खेलकुदलाई एकबद्ध बनाउनुपर्ने भन्दै विश्वका शक्तिशाली राष्ट्रलाई पराजित गर्न सक्ने एकमात्र शक्ति खेलकुद भएकाले यसलाई सम्मानित, गरिमामय र मर्यादित बनाउनुपर्नेमा जोड दिए । खेलकुद भनेको आफ्नो पसिना बगाएर जीवन बिताएका खेलाडीहरूको हो भन्दै एकै प्रकृतिका खेल संघहरूलाई एकै छातामुनि ल्याउनुपर्ने बताए । उनले राजनीतिक आस्थाका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने भन्दै त्यसको लागि सबै विश्वस्त हुन आग्रह गरे ।
महासचिव दीपराज गुरुङले खेलकुदमा देखिएको विकृति र विसंगतिलाई हटाउनसके मात्र सदस्य सचिवको स्वर्ण युग साकार हुने बताए ।
महासचिव गुरुङले तेक्वान्दोले नेपाली खेलकुदमा सबैभन्दा महत्वपूर्ण उपलब्धि दिलाए पनि राज्यले यस खेललाई नजर अन्दाज गरेको गुनासो गरे ।