क्षेत्रीय भलिबल रेफ्री तालिम सुरु

volleyball
पोखरा
नेपाल भलिबल सङ्घको व्यवस्थापन, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घको संयोजन तथा कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा मड्डलबारदेखि पोखरामा पाँच दिने क्षेत्रीय भलिबल रेफ्री तालिम सुरु भएको छ।
तालिमको उद्घाटन गर्दै नेपाल भलिबल सङ्घका निवर्तमान अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गंगाबहादुर थापामगरले तालिम लाइसेन्सको लागि मात्र नभइ व्यवहारिकमै उतार्ने हुनुपर्ने बताए। उनले आयोजकले दर्शक र खेलाडीको व्यवस्थामात्र गरिदिने तर रेफ्रीले सम्पूर्ण गेमलाई ह्याण्डलिङ गरेर खेलाउनुपर्ने तथा प्रतियोगिता सफलता र असफलताको जस पनि रेफ्रीले नै पाउने हुनाले यसमा रेफ्री धेरै सचेत बन्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले एकपटक तालिम लिएर लाइसेन्स प्राप्त गरेपछि सधैँभरिलाई हुन्छ भन्ने सोच नपाल्न आग्रह गर्दै प्रत्येक वर्ष उसको कार्यक्षमताको मूल्याड्ढनको आधारमा नवीकरण गराउनुपर्ने नियम बनेको बताए। उनले पुराना रेफ्रीहरूलाई पनि लाइसेन्स नवीकरण गराउन आग्रह गरे।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष एवं कास्की जिल्ला भलिबल सङ्घका सल्लाहकार प्रेमनारायण न्यौपानेले विगतमा तालिम धेरैले लिने तर प्रतियोगितामा सधैँ रेफ्रीको अभाव भइरहने गरेको प्रसड्ड निकाल्दै यो तालिमले पश्चिमाञ्चल क्षेत्रका कुनै पनि प्रतियोगितामा रेफ्रीको अभाव महसुस हुन नदिने विश्वास व्यक्त गरे।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेतले भलिबल खेलको विकास र विस्तारको लागि क्षेत्रले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै तालिमको सफलताको कामना गरे।
पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले तालिमको आयोजना गरेर  जिल्ला भलिबल सङ्घले राम्रो काम गरेको भन्दै प्रशिक्षार्थीले अनुशासनपूर्वक सिक्ने विश्वास व्यक्त गरे।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले जिल्ला तथा क्षेत्रमा भलिबल खेलको विस्तार गर्ने उद्देश्यले क्षेत्रीय तालिम आयोजना गरिएको र राम्रो सहभागिता रहेको बताए। उनले तालिम तथा प्रशिक्षण जिल्लाले गरे पनि खेलाडीको हौसला वृद्धि गर्ने काममा जिल्ला खेलकुद विकास समितिको ठूलो योगदान रहेको दाबी गरे।
तालिममा अन्तर्राष्ट्रिय रेफ्री क्याण्डिडेट कुलबहादुर राना, राष्ट्रिय भलिबल रेफ्रीद्वय डीबी नेपाली र कुमार गुरुङले प्रशिक्षण दिनेछन्। पश्चिमाञ्चल क्षेत्रका ७५ जना प्रशिक्षार्थीको सहभगिता रहेको तालिम संयोजकमा मोहन सुनारीले जानकारी दिए।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मनशान्त घिमिरेले स्वागत मन्तव्य र सहसचिव शेषकान्त अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए। तस्विर ः उमेश पुन

Comment