एथलेटिक्समा तीन नयाँ राष्ट्रिय किर्तिमान

athh
नेपाल एथलेटिक्स संघको आयोजनामौ संचालन भईरहेको खेलाडीहरुको नेशनल टाइम ट्रेल प्रतिस्पर्धामा तीन राष्ट्रिय किर्तिमान भङ्ग भएका छन् ।
आईतबार दोश्रो दिन पुरुषको हाईजम्पमा सूर्य खत्रीले आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान राख्ने क्रममा बालकृष्ण चौधरीको १.९७ मिटरको किर्तिमानलाई उछिन्दै १.९८ मिटरको उचाईको किर्तिमान राखे ।
महिलाको ज्याभ्लिन थ्रोमा सिमा कुमारी थारुले आफ्नो नाममा रहेको पुरानो  ३९.४६ मिटरको रेकर्डमा सुधार गर्दै ४३ मिटरको नयाँ किर्तिमान राखिन् । यस्तै महिलाकै डिस्कस थ्रोमा अमृता महतोले पुरानो रेकर्ड ३४.३७ मिटरमा सुधार गर्दै ३९.८२ मिटरको नयाँ राष्ट्रिय रेकर्ड स्थापित गरिन् । राष्ट्रिय किर्तिमान राख्ने तीनै जना खेलाडीहरु हाल राष्ट्रिय टिममा रहि प्रशिक्षण लिईरहेकाछन् ।
यहि टाईम ट्रेल प्रतिस्पर्धा मार्फतनै खेलाडीहरुलाई बैदेशिक प्रतिस्पर्धाहरुमा सहभागिता गराईने प्रमुख प्रशिक्षक सुशिल नरसिंह राणाले बताए ।

Comment