फेन्सिङ्ग खेलाडीको विदाई

fencing
रुषको राजधानी मस्कोमा आयोजना हुने विश्व फेन्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्मा उपाध्यक्ष लामा टेन्डी शेर्पा र निमित्त सदस्य सचिव शकुन्तला नगरकोटीले विदाई गरे ।
२७ देखि ३१ आषारसम्म आयोजना हुने प्रतियोगितामा जङ्ग गिरीले इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ्ग संघका महासचिव सुजन श्रेष्ठले जानकारी गराए ।प्रतिस्पर्धा गर्नु अघि गिरीले अन्तराष्ट्रिय फेन्सिङ्ग महासंघद्वारा  २१ देखि २६ गते सम्म प्रदान गरिने एफआईई प्रशिक्षण सिविरमा प्रशिक्षण लिनेछन् ।
विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र श्रेष्ठ (राजु), नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
गिरी आईतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।

Comment