रोहित र राजपुरा पाच हजार मिटर दौडमा पहिलो

IMG_0321e
पोखरा
छात्रमा पश्चिमाञ्चलका रोहित अधिकारी र छात्रामा मध्यपश्चिमाञ्चलकी राजपुरा पछाईं सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको
एथलेटिक्सतर्फ पाँच हजार मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । रोहितले निर्धारित दूरी पूरा गर्न १७ मिनेट १०.९ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमाञ्चलका हरिसिंह महरा दोस्रो र मध्यपश्चिमाञ्चलका तिलक ओली तेस्रो भए । राजपुराले निर्धारित दूरी तय गर्न १९ मिनेट ४९.५ सेकेन्ड समय लगाइन् । सुदूरपश्चिमाञ्चलकी गौरी भट्टराई दोस्रो र मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तेस्रो बने ।
छात्रको चार सय मिटर दौड ५३.११ सेकेन्डमा पूरा गरेका पश्चिमाञ्चलका प्रभुनाथ कुँवरले शीर्ष स्थान कब्जा गरे ।  सुदूरपश्चिमाञ्चलका शिवराज पार्की दोस्रो र मध्यमाञ्चलका अरुण महतो थारु तेस्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी तारा मल्ल पहिलो भइन् । ताराले १ मिनेट ०६.९ सेकेन्डमा दौड पूरा गरिन् । सुदूरपश्चिमाञ्चलकी अनिता भुल दोस्रो र पश्चिमाञ्चलकी अनिषा भण्डारी तेस्रो भए ।
ज्याभ्लिन थ्रोको छात्रमा मध्यमाञ्चलका वीरेन्द्र चौधरी पहिलो भए । उनले ४७.५१ मिटर टाढा फाले । मध्यपश्चिमाञ्चलका प्रतीक विक दोस्रो र मध्यपश्चिमाञ्चलकै तिलक विक तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी निरुता शाही ३२.०४ मिटर टाढा फाल्दै पहिलो बनिन् । मध्यमाञ्चलका प्रमिला माझी दोस्रो र देवी मल्ल तेस्रो भए । छात्र लङजम्पमा मध्यपश्चिमाञ्चलका प्रितम खड्का पहिलो भए । उनले ५.८६ मिटर हाम्फाले। मध्यमाञ्चलका भुवन महतो दोस्रो र पूर्वाञ्चलका श्याम चौधरी तेस्रो बने । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी प्रमिला चौधरी पहिलो भइन् । निरुताले ४.३३ मिटर टाढा फालिन् । पश्चिमाञ्चलकी विपना परियार दोस्रो र सीमा चौधरी तेस्रो भए ।

Comment