फेन्सिङको पुरुष व्यक्तिगततर्फ छितिज प्रथम

fencing1
ओलम्पिक डेको अवसरमा आयोजीत  फेन्सिङ प्रतियोगिता पुरुष व्यक्तिगत प्रतिस्पर्धामा छितिज विक्रम हमालले स्वर्ण पदक जितेका छन् । नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठका अनुसार पुरुष व्यक्तिगत प्रतिस्पधामा विजय गुरुङले रजत र कपिल विक तथा आनन्द हरिजनले काश्य पदक जिते ।
त्यसैगरि महिला व्यक्तिगतर्फ रुक्सना मियाले स्वर्ण जितिन् । सुजता गुरुङले रजत जितिन् । सुनिता गुरुङ र सम्झना भुसालले काश्य पदक जिते ।
पुरुषको टिम इभेन्टतर्फ हिमालयन फेन्सिङ क्लबले स्वर्ण पदक जितेको छ । पोखरा टप माउन्टेन क्लबले रजत जित्यो । सहिद स्मृति क्लवले काश्य पदक जितेको सुजन श्रेष्ठले बताए ।
महिलाको टिम इभेन्टतर्फ पोखरा टप माउन्टेनले स्वर्ण पदक जित्यो । भने शहिद स्मृतिले रजत जित्यो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्य राजीव श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

Comment