जनकपुरलाई महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

rrr

पोखरा
क्षेत्र नम्बर सात जनकपुरले पोखरामा सम्पन्न  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।नेपाल क्रिकेट सङ्घको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नंम्बर  ८ पोखराको आयोजनामा बुधबार भएको फाइनलमा विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाँच रनले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो।उपाधिसँगै जनकपुरले नगद ५० हजार रुपैया पायो । उपविजेतामा सीमित एपीएफले ३० हजार रुपैया पायो । तेस्रो स्थानको लागि भएको खेलमा क्षेत्र नंम्बर  नौ धनगढीले क्षेत्र नंम्बर  १ विराटनगरलाई सात विकेटले पराजित गर्दै २० हजार रुपैया प्राप्त ग¥यो।
टस हारेर ब्याटिङ गरेको जनकपुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रनको झिनो योगफल बनाएको थियो । एपीएफको बलरका सामु जनकपुरका ब्याट्सवुमन  निरीह बने । एक समय नौ ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा विराटनगरको खातामा जम्मा नौ रन थियो । आठ ओभरमा उसले ३६ रन जोड्न सफल भएको थियो।
बलिङतर्फ करुणा भण्डारीले दुई ओभरमा तीन रन खर्चिँदै सर्वाधिक तीन विकेट लिइन् । रुबिना क्षेत्रीले चार ओभरमा चार रन दिएर दुई तथा रितु कनौजिया र निरा राजोपाध्यायले एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा आएको एपीएफ पनि जनकपुरको कसिलो बलिङका सामु निरीह हुदै ४० । रनमा सिमित भयो । एपीएफको ब्याटिङ ध्वस्त बनाउन सन्तोषी चौधरीले चारओभरमा सात रन दिएर तीन विकेट लिइन ्। सरस्वती चौधरीले चार ओभरमै सात रन दिएर दुई विकेट तथा अनुराधा चौधरी, कविता गौतम र शान्ति चौधरीले एक–एक विकेट लिए।सो खेलमा जनकपुरकी सन्तोषी चौधरी प्लयेर अफ दी म्याच घोषित भइन्। उनलाई म्याच रेफ्री समीर खानले ट्रफी प्रदान गरेका थिए।
प्रतियोगितामा जनकपुरकी अनुराधा चौधरी प्लेयर अफ दी टुर्नामेन्ट घोषित  भइन् । उनले १० हजार रुपैया  पुरस्कार पाइन् । उनले ९४ रन बनाउनुको साथै सात विकेट पनि लिएकी थिइ् । जनकपुरकै शोभा आले बेस्ट ब्याट्सवुमन घोषित भइन ्। उनले लिग म्याचमा १०७ रन बनाएकी थिइन् । धनगढीकी तिर्सना सिंह बेस्ट बलर बनिन ्। उनले लिग म्याचमा नौ विकेट लिएकी थिइन् । यस्तै विराटनगरकी अप्सरी बेगम इमर्जिङ प्लयेर बनिन् । उनीहरू प्रत्येकले पाँच हजार प्राप्त गरे।
तेस्रो स्थानको लागि भएको खेलमा धनगढीले विराटनगरलाई सात विकेटले पराजित ग¥यो।टस जितेर ब्याटिङ राजेको विराटनगरले १४ ओभरमा पाँच विकेट गुमाएर ७१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको धनगढीले १३.२ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। उसको लागि निर्मला शाहीले सर्वाधिक २९ तथा सोनु खड्काले २१ रन बनाएकी थिइन् ।  बलिङतर्फ विराटनगरका सवनम राई र अप्सरी बेगमले एक–एक विकेट लिएका थिए ।
विजेता तथा उपविजेता टीमलाई नेपाल प्रहरीका डीआईजी पंकज श्रेष्ठ, सशस्त्रका डीआईजी जानकीराज भट्टराई, क्षेत्रीय खेलकुद प्रशिक्षण विभागका प्रमुख विद्या मर्सानी, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर  पोखराका कार्यबाहक अध्यक्ष देवेन्सन प्रजूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव ऋषिराम गौतमले गरेका थिए ।

Comment