महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

cricket pokhaaaपोखरा
क्षेत्र नं. ९ धनगढी र क्षेत्र नं. १ विराटनगरले नेपाल क्रिकेट सङ्घको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ८ पोखराको आयोजनामा पोखरा र चितवनमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।
आइतबार पोखरामा भएको लिगचरणको अन्तिम खेलमा क्षेत्र नं. ८ पोखरालाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै क्षेत्र नं. १ विराटनगर समूह ए बाट चार अड्ढसहित अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। विराटनगरले बनाएको यो स्कोर जारी प्रधानमन्त्री कपमा पहिलो उच्च स्कोर हो। चार खेलको समाप्तिमा विराटनगर, नेपालगञ्ज र काठमाडौंको समान चार अड्ढ भए पनि नेट रनरेटका आधारमा सेमिफाइनलको लागि विराटनगर छनौट भएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा अतिरिक्त ५० रनसहित १८४ रनको विशाल योगफल तयार पारेको थियो। ओपनरमा आएको काजोल श्रेष्ठ र अप्सरी बेगमको जोडीले पहिलो विकेटको लागि ९७ रनको साझेदारी गरेको थियो। त्यसमा कप्तान काजोल श्रेष्ठले अर्धशतक पूरा गरिन्।सात चौका हानेकी उनले ४३ बलमा ५५ रन बनाएकी थिइन्।उनी धना छन्त्यालको बलमा एलबी डब्लु भइन्।
अर्का ओपनर अप्सरीले चार चौका हान्दै ३६ बलमा ३६ रन बनाउन सफल भइन्। उनी सदीक्षा पाण्डेको बलमा बोल्ड भइन्।रोमा थापाले दुई चौकाको सहयोगमा १७ बलमा १४ रन बनाइन्।यस्तै एक चौका हानेकी कृति दुलाल ११ रन तथा शिक्षा श्रेष्ठ छ रनमा नटआउट रहे। अन्य खेलाडीमा संगीता राईले आठ तथा उषा चापागाईले चार बनाए।सवनम राई र रोश्ना राईले खाता खोल्नै सकेनन्।
बलिङतर्फ पोखराका आर्याल अर्यालले चार ओभरमा ३० रन खर्चिँदै दुई विकेट लिइन् भने सदीक्षा पाण्डे, धना छन्त्याल र तिर्सना देवकोटाले एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा आएको पोखराको सुरुवात अत्यन्तै खराब रह्यो।पहिलो विकेट जाँदा पोखराको खातामा मात्र एक रन थियो।ओपनर सदीक्षा पाण्डे संगीता राईको बलमा बोल्ड भइन्। पोखराको दोस्रो विकेट पतन हुँदा छ रन मात्र थियो भने तेस्रो विकेटको समाप्तिमा मात्र तीन रन थपियो।एलिसा लामिछाने अप्सरी बेगमको बलमा बोल्ड हुँदा अर्का ओपनर ममता पाण्डे पनि चार रनमा सवनम राईको बलमा विकेटकिपर काजोल श्रेष्ठद्वारा क्याचआउट भइन्।लगातार तीन विकेट गुमाएको पोखराले ४.५ ओभरमा चौथो विकेटको रूपमा कप्तान आर्या अर्याललाई बिनारन गुमायो। उनी रोश्ना राईद्वारा रनआउट भइन्। शिला रेग्मी छ रन तथा तिर्सना देवकोटा बिनारन संगीता राईको बलमै एलबी डब्लु भए। सुस्मिता गुरुङ दुई तथा धना छन्त्याल एक रनमा आउट भए।दीप्ति बराल अप्सरी बेगमकै बलम बोल्ड भइन् भने बिना जिएम रोमा थापाद्वार रनआउट भइन्।
पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा विराटनगरका बलर सवन राईले चार ओभरमा १० रन खर्चिँदै तीन विकेट लिइन् भने अप्सरी बेगमले १.५ ओभरमा मात्र तीन रन दिएर तीन विकेट लिइन्। यस्तै शान्ति रसाइलीले पनि एक विकेट लिइन्।सो खेलमा विराटनगरकी अप्सरी बेगम प्लयेर अफ दी म्याच घोषित भइन्। उनलाई खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानले ट्रफी प्रदान गरेका थिए।
दोस्रो खेलमा क्षेत्र नं. ५  नेपालगञ्जले क्षेत्र नं. ३ काठमाडौंलाई सात विकेटले हरायो। टस जितेर ब्याटिङ राजेको काठमाडौंले १५ ओभरमा आठ विकेट गुमाउँदै ५१ रन बनायो। उसको लागि सुमन खतिवडाले १२ तथा कप्तान शारदा वाग्लेले १० बनाए भने अन्य खेलाडीले दोहोरो अड्ढ बनाउन सकेनन्।बलिङतर्फ नेपालगञ्जका तिर्सना सिंहले दुई तथा शर्मिला रोकामगर र प्रतीक्ष जिएमले एक–एक विकेट लिए।
५२ रनको झिनो लक्ष्य पाएको नेपालगञ्जले १०.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा ग¥यो। उसको लागि सञ्जु चौधरीले १२, गीता गोसाइ र तिर्सना सिंहले समान आठ तथा मनिषा रावले सात रनको योगदान दिए।रेखा विसी रन नबनाइ आउट भइन्। काठमाडौंका बलरगीत चुडालले तीन ओभरमा चार रन दिँदै दुई विकेट लिइन् भने अर्को एक विकेट सन्ध्या उप्रेतीको नाउँमा रह्यो।सो खेलमा नेपालगञ्जका तिर्सना सिंह प्लयेर अफ दी म्याच घोषित भइन्।
चितवनमा जारी क्षेत्र नं. २ वीरगज र क्षेत्र नं. ९ धनगढीबीचका पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दुवैले एक–एक अड्ढ बाँड्दा धनगढी भाग्यमानी बन्यो। अर्को खेलमा क्षेत्र नं. ६ वैतडीले क्षेत्र नं. ४ भैरहवालाई ४८ रनले पराजित ग¥यो।टस जितेर ब्याटिङ रोजेको वैतडीले २० ओभरमा चार विकोट गुमाएर ११४ रन बनायो। उसको लागि मञ्जु बोकतीले सर्वाधिक ३७ रन बनइन् भने रेखा रावलले नटआउट ३१ रन बनाइन्।बलिङमा भैरहवाका वर्षा रानामगरले दुई तथा इन्दु बर्मा र एलिशा क्षेत्रीले एक–एक विकेट लिए।
जवाफी ब्याटिङ रहेको भैरहवा २० ओभर खेल्दै नौ विकेटको क्षतिमा मात्र ६८ रनमा खुम्चियो।उसको लागि वर्षा रानामगरले सर्वाधिक २८ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अड्ढ बनाउन असफल रहे। वैतडीका बलर अञ्जी चन्दले तीन, रेखा रावलले दुई तथा सिर्जना रावलले एक विकेट लिए।सो खेलमा वैतडीका रेखा रावल प्लयेर अफ दी म्याच घोषित भइन्।
मड्डलबार सेमिफाइनल खेल हुनेछन्। समूह ए को विजेता एपीएफ र समूह बी को उपविपजेता क्षेत्रनं ९ धनगढीबीच पहिलो तथा समूह ए को उपविजेता क्षेत्र नं. १ विराटनगर र समूह बी को विजेता क्षेत्र नं. ७ जनकपुरबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। सेमिफाइनलका पराजित टीमबीच तेस्रो स्थानको लागि बुधबार बिहान खेल हुनेछ भने दिउँसो फाइनल खेल हुनेछ।

Comment