मैत्री च्याम्पियन

manoj

मैत्री तेक्वान्दो डोजाङले प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण र १ कांस्य जित्दै मैत्री टिम च्याम्पियन बन्न सफल भयो ।        काठमाडौं जिल्ला खेलकुद विकास समिति र रत्न एजुकेसन एन्ड स्पोर्ट्स एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र १ कांस्यसाथ द च्यालेन्जर दोश्रो भयो । तेश्रो स्थानको इसीडिसीले ३ स्वर्ण र २ रजत हात पा¥यो ।

भक्तपुरमा भएको प्रतियोगिताको पुरुषमा होली गार्डेन इङलिस स्कुलका नवराज ढुंगाना तथा महिलामा आयोजक रत्नकी मेलिशा खड्गी उत्कृष्ट खेलाडी चुनिए । काभ्या स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।   दुईदिने प्रतियोगितामा १ सय ९५ खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

Comment