सहयोग गर्ने बुब्काको प्रतिबद्धता

jeet bahadur

अन्तराष्ट्रिय ओलम्पिक कमिटीका सदस्य, अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघका उपाध्यक्ष तथा युक्रेन ओलम्पिक कमिटीका अध्यक्ष सर्जि बुब्काले नेपाली खेलकुदको भौतिक विकासमा सहयोग गर्ने बताएका छन ।

‘नेपालको स्थितीबारे म अन्तर्राष्ट्रिय निकायलाई जानकारी गराउने छु । भुकम्पपछि नेपालको खेलकुदको स्थितीलाई लिएर हामी गम्भिर छौं ।’– उनले भने ।

शुक्रबार राती नेपाल आईपुगेका बुब्काले भुकम्पपछि प्रभावित त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको अन्य भौतिक पूर्वाधारका साथै बसन्तपुर र भक्तपुर दरबार स्क्वायरको शनिबार अवलोकन गरे । पोल भोल्टका विश्व कीर्तिमानधारी बुब्काले दशरथ रंगशालामै एथलेटिक्सका पूर्व एवं वर्तमान राष्ट्रिय खेलाडीलाई भेट गरेका थिए भने नेपाल ओलम्पिक कमिटी (अन्तर्राष्ट्रिय मान्यता प्राप्त) का पदाधिकारीसंग पनि उनको भेटघाट भएको थियो ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहको पहलमा नेपाल आएका बुब्का शनिबारै फर्किए  ।

Comment