ढोरपाटनमा हाप्किडो प्रशिक्षण मंगलबार सुरु

Manoj Shiama
22 April, 2026 5:47 am

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटनमा ३ दिने हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण हुने भएको छ । बागलुङ जिल्ला हाप्किडो सङ्घको व्यवस्थापन गण्डकी प्रदेश हाप्किडो सङ्घको आयोजना र नेपाल हाप्किडो सङ्घको स्वीकृतिमा सो कार्यक्रम हुन लागेको हो ।  कार्यक्रमलाई सफल पार्न ढोरपाटन नगरपालिका र गण्डकी प्रदेश खेलकुद परिषद्ले विशेष समन्वय गर्ने भएका छन् ।

प्रशिक्षण तथा प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल प्रमुख आतिथ्यमा हुने जनाइएको छ । 

बुधवार सुरु हुने कार्यक्रम शुक्रवार सकिने छ । उद्घाटन कार्यक्रम भने बिहीबार हुने छ ।