मेयर कप राष्ट्रिय हाप्किडो सुरु

Manoj Shiama
13 February, 2026 7:01 pm

 मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप शुक्रवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि तथा  बेलकोटगढी नगरपालिकाका मेयर जगत बहादुर गुरुङले उद्घाटन गरे । बेलकोटगढी–४ स्थित नेपानेमा भएको प्रतियोगिताको उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महा सघ तथा नेपाल हाप्किडो सघका अध्यक्ष काली बहादुर घर्ती र उपमेयर शिव प्रसाद दाहाल विशेष अतिथि थिए । 

उद्घाटन समारोहमा  वडा अध्यक्षहरू चन्द्र बहादुर लामा र कौशीला पुडासैनीको पनि उपस्थिति थियो । नुवाकोट जिल्ला हाप्किडो सघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हाप्किडो सघका उप महासचिव मोहम्मद मोसिन हलवाई तथा  केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै र मुख्य प्रशिक्षक प्रवीण गुरुङको उपस्थिति थियो । 

प्रतियोगितामा ७ प्रदेशका ५०० खेलाडीको सहभागिता छ । उद्घाटन समारोहमा सात वटै प्रदेशका झाँकी र डेमो प्रस्तुत गरिएको थियो ।