फ्लास्टरद्वारा सीडब्लुसीएनलाई २५ लाखको खेल सामाग्री

judo dharma
मुख्यतः खेलकुद चिकित्सा क्षेत्रमा केन्द्रीत जापानको पि. फ्लास्टर कम्पनी लिमिटेडले बालवातावरण केन्द्र नेपाल (सीडब्लुसीएन) मा रहेका जुडो खेलाडीको सहयोगार्थ २५ लाखमूल्य बराबरको जुडो सामाग्री प्रदान गरेको छ । कम्पनीका प्रतिनिधि श्याम महर्जनले सो मूल्य बराबरको सामाग्री सीडब्लुसीएनका अध्यक्ष सुरेश प्रसाद लुइटेललाई मंगलबार हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामाग्रीहरु २४ थानगि, ६४ थानम्याट, १सेट केन्दो पोशाक र सोफ्ट म्याट १ थान रहेका छन् ।
अनाथ र असाहय बालवालिकाको संरक्षणमा कार्यरत संस्था सीडब्लुसीएन माहाल ८५ जुडो खेलाडी छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो प्रशिक्षक रमेश मगरले प्रशिक्षण दिइरहेका छन् । तीनवर्षको अन्तरालमा सीडब्लुसीएनले २ राष्ट्रव्यापी तथा १ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता समेत आयोजना गरिसकेको छ ।
महर्जनसहित फ्लास्टरमा आबद्धता कासीयामागुची, खाजामीतोकोमी र योकोताकोसीको पहलमा सीडब्लुसीएनले खेल सामाग्री प्राप्त गरेको बताइएको छ । सामाग्री ढुवानीमा डिएचएल, जर्मनले ७५ प्रतिशत छुट दिएको  सीडब्लुसीएनका कोषाध्यक्ष समेत रहेका धर्मकुमार श्रेष्ठलेले जनाएका छन् ।

Comment