राष्ट्रिय हाप्किडो हुने
Manoj Shiama
21 January, 2026 7:21 am

नेपाल हाप्किडो संघ र नुवाकोट जिल्ला हाप्किडो संघको संयुक्त आयोजनामा मेयर कप चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २६ स्पर्धामा करिब ५ सय खेलाडीको सहभागिता रहने नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।
नुवाकोटको बेल्कोटगढीमा हुने तीनदिने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमलाई नगद पुरस्कार प्रदान गरिने नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष विकास तामाङले जनाएका छन् ।
