एथलेटिक्स टोली चीन तर्फ

aashish
एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार चीनको हुआन प्रस्थान गरेको छ । ३ देखि ७ जुनसम्म चल्ने च्याम्पियनसिपको २१ औं संस्करणमा २ पुरुष र १ महिला सहित ३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
उदीयमान स्प्रिन्टर आशिष चौधरीले पुरुषको १, २ र ४ सय मिटर दौड तथा लालबहादुर थापाले पुरुषको हाफ म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको ज्याभ्लिनथ्रोमा सीमाकुमारी थारुले भाग लिने छिन् । प्रशिक्षकमा छविलाल थापा रहेकाछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले बिदाइ गरे ।
त्यस्तै च्याम्पियनसिपका दौरान हुने एसियन कंग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह शनिबारै हुआन गइसकेको संघका सचिव आरके विष्टले जनाएका छन् ।
अध्यक्ष शाहले नेपालमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न प्रस्ताव राख्ने सचिव विष्टले जानकारी दिए ।

Comment