किशोर र सविताको आर्थिक सहयोग

kishor sabita
अमेरिकालाई कर्मथलो बनाएर बसिरहनु भएका एसियाली काश्यधारी किशोर श्रेष्ठ र रजत विजेता सविता राजभण्डारीको जोडीले भुकम्प पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख प्रदान गर्नु भएको छ । सो रकम युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई किशोर–सविताको परिवारले हस्तान्तरण गर्नुभयो । सो रकम किशोरका बुबा दुर्गामान श्रेष्ठ र बहिनी सहाना श्रेष्ठ तथा सविताका दाजु प्रदिप राजभण्डारीले युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री पौडेललाई हस्तान्तरण गरे ।
साथै किशोर सविताका ११ वर्षिय छोरा जोसेफ श्रेष्ठ र ९ वर्षकी छोरी जेसिका श्रेष्ठले पनि  एकलाख रुपिया पनि प्रधानमन्त्री राहत कोषलाई प्रदान गरियो । यी साना बालकहरुले आफुले जोगाएर जम्मा गरिरहेका पैसा भुकम्प पीडितको लागि प्रदान गरेको हो ।
सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले साना बच्चाहरुमा देखिएको परोकारी भावनाले आफनो मन छोएको बताउनु भयो । किशोरकी बहिनी सहानाले किशोरले पठाएको सन्देश सुनाए । किशोरले भनेका थिए – हामी विदेशमा छौं र आफनो देशले भोगिरहेको पीडा महशुश गरिरहेका छौं । त्यसैले आफनो तर्फबाट यो सानो सहयोग गरेको छु ।
सविता राजभण्डारी एसियाली खेलकुदका रजत पदक जित्ने एकमात्र नेपाली खेलाडी हुन् । बैंककमा भएको १३ औं एसियाडमा  उनले त्यो सफलता पाएकी थिइन् । त्यस्तै किशोरले सोही प्रतियोगितामा काश्य पदक जितेका थिए । यी दुवै आठौं साफ गेम्सका स्वर्ण पदक विजेता पनि हुन् ।

Comment