भुकम्प पिडितका बच्चालाई निशुल्क शिक्षाको तयारी

वैशाख १२ र २९ मा गएको विनाशकारी भुकम्पबाट अछुतो रहन सकेको छैन । यसक्रममा नेपाली खेलकुदले केही उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरु विनाशकारी भुकम्पकै कारण गुमाउन पुग्यो । थुप्रै नेपाली खेलकुद संघहरु विनाकारी भुकम्पबाट पीडित परिवारहरुलाई राहत वितरणमा सक्रिय भइरहेका छन् । यसैक्रममा नेपाली खेलकुदमा पछिल्लो समय सक्रिय भएर लागेको खेलकुद संघ नेपाल अटोमोवाइल्स स्पोर्टस एसोसिएसन(नासा) पनि राहत वितरण कार्यमा थपिएको छ । नासाले आफ्नो छुट्टै ‘नासा इर्मजेन्सी एक्सन फन्ट’ बनाएर भुकम्प पीडितहरुको लागि सहयोग गर्ने साचे अघि सारेको महासचिव गोविन्द भट्टराईले जानकारी गराए । नासाको भुकम्पपछि बसेको बैठकले मुख्य चार प्रस्तावहरु अघि सार्दै अन्तर्राष्ट्रिय अटोमोबाइल्स संघ(एफआइए) लाई सहयोगको लागि पत्राचार गरिसकेको महासचिव गोविन्द भट्टराईले जानकारी दिए । ‘सोही प्रस्ताव अनुसार एफआइएले १ लाख युरो सहयोग गर्ने घोषणा गरिसकेको छ । त्यसै फन्टमार्फत हामीले भुकम्प पीडितहरुको लागि सहयोगको थालनी गरिसकेका छौं ।’ महासचिव भट्टराइले भने,‘हामीले हाम्रो तर्फबाट आगामी १२ वर्षको लागि कार्यतालिका तयार पारेका छौं ।’ यस्तै अर्काे दुईहप्तापछि नासाको बैठक बसेर सबै योजनाहरु त्यार पारेर अघि बढ्ने उनले बताए ।
नासाको बैठकले गरेको प्रस्ताव अनुसार १०० जना भुकम्प पीडितका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पढाइदिने, ६० जनाजनालाई हरेक वर्ष ड्राइभिङ तथा मेकानिकल्सको निशुल्क तालिम प्रदान गर्ने तथा हाइवे इर्मजेन्सी सेन्टर खुलाउने योजना रहेको भट्टराइले थपे ।
भुकम्पबाट अति प्रभावित बनेका जिल्लाका १०० जना बालबालिकालाई निशुल्क पढाउने योजना बनाएका छौ । तर, यसमा त्यस स्थानीय क्षेत्रका जिल्ला शिक्षा कार्यलय, गाँउविकास समिति, नगरपालिका र त्यहाँका सभासद्हरुको स्वीकृतिमा प्रक्रिया अघि बढाउने बताए । ‘सबै १०० बालबालिका बढी प्रभावित क्षेत्रबाट नहुन पनि सक्छ ।’ भट्टराईले भने,‘प्रभावित भएपनि उनीहरुलाई त्यतै पढाउने व्यवस्था मिलाएको छ भने हामीले ल्याउन मिल्दैन ।’ यस्तै नासाले विभिन्न राजमार्गहरुमा ‘हाइवे इर्मजेन्सी सेन्टर’ मिनी ट्रम सेन्टरको स्थापनाको लागि गृहकार्य भइरहेको छ । नासाको प्रस्ताव अनुसार सडक सुरक्षाको लागि सडक दुर्घटनाहरुबाट घाइतेहरुले चाँडै नै उपचार पाउन सकोस भन्ने उद्देश्यले बढी खतरा भएका तीन ठाँउ बनेपा, पृथ्वी राजमार्ग, धनगढी–डडेलधुरा अथवा सुर्खेत–जुम्लामा ‘हाइवे इर्मजेन्सी सेन्टर’ स्थापनाको लागि एफआइएमा प्रस्ताव पेश गरेका छौं । उनले भने, यसमा त्यहाँका जिल्ला जनस्वास्थ कार्यालयको सहयोगको  आवश्यकता पर्छ ।
यस्तै नासाले विनाशकारी भुकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको नाममा ‘सुमन भोम्जन खेल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको पनि जानकारी गराए ।  यस पत्रकारिता पुरस्कारबाट हरेका वर्ष खेलकुद क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई नगद १५ हजारसहित सम्मान गरिनेछ ।

Comment