पारा खेलाडी नवराजको बासको टुंगो छैन

nawaraj2
अनील ठकुरी

गत वैशाख १२ गते शनिबार आएको भूकम्पका थुप्रै पिडितहरुको सहयोग र राहत नपुगेको गुनासो आइरहेका छन् । धेरै पिडितले  त्रिपालमा नै  दिन काटे पनि त्रीपाल नपाउने पनि छन् ।
नेपाली पारा तेक्वान्दो खेलाडी नवराज कार्कीले पनि यसै खाले समस्या भोग्दै आएका छन् । १२ वैशाखमा आएको भुकम्पले घर भत्काएपछि पारा तेक्वान्दो खेलाडी नवराज कार्की खुला आकाशमा जिवन विताउन बाध्य भएका छन् ।  नेपालको राजधानी काठमाडौबाट  करिव १ सय ६० किलोमिटर टाढा दोलखाकोे उनको घर भूकम्पले क्षति पु¥याए पछि उनी खुल्ला आकाषमा बस्न बाध्य छन् ।
नवराजले उनको क्षेत्रमा हालसम्म पनि कुनै क्षेत्रका ब्यक्तिहरु राहत र सहयोगका लागी नपुगेकाले आफुहरुलाई गास र बासमा गाह्रो भएको गुनासो पोखे । ‘ घर पनि अव रहेन खानका लागी पनि केही रहेन अव कसरी बाच्ने हो थाहा छैन ’ नवराजले भने ।  कोही पहुचमा रहेका घर छेउकालाई सहयोग आएपनि आफुहरु सामन्य खेति किसानी गर्ने मान्छे भएकाले कसैले पनि सहयोग नगरेका नवराज बताउछन् ।
भूकम्प आएको दिन नवराज काठमाडौमा नै थिए । घरबाट फोन आयो घर भत्केको गाउ आउनु भनेर तर उनी जान पाएनन् । त्यो समयमा उनीसगँ घरजाने भाडा पनि थिएन । १२ गते आएको भूकम्पले घर भत्काएको जानकारी उनले १३ गते पाएपनि २५ वैशाखमा मात्र घर जाने अवसर पाए । उनी भन्छन्, ‘ पारा तेक्वान्दो गुरु यावद कुवरले घर जानका लागी खर्च व्यवस्था मिलाइदिनु भयो त्यसपछि मात्र घर जान पाए । ’
गाउ आएपनि गाउमा खाने र बस्नका लागी केही नभएकाले परिवारहरु भोक भोकै बस्नु परेको उनको गुनासो छ । ‘दुईचारदिन त गाउमा मागेर चलायौ अव सबै तिर सकि सक्यो । सबैको हालत हाम्रो जस्तै छ,यहा हालसम्म पनि कुनै पनि सरकारी निकायहरु आइ पुगेका छैनन् । कति ठाऊमा भण्डार गरेको राहत सामग्री कुहीएका छन् भन्ने सुनेको छु । तर हामीले भने खान पनि पाएका छैनौ । ’नवराजले दुःख पोखे । ‘सबैले एकै ठाउमा राहत पु¥याए कति ठाउमा १०–१२ पटक राहत सामग्री पुग्छन र पछि ती सामग्रीको दुरुपयोग भएका छन् । तर हामी कहाँ अहिले सम्म एउटा चाऊचाउको प्याकेट सम्म आइपुगेका छैनन् । ’
उनलाईै समबन्धीत निकायले बे वास्ता गरेको गुनासो पनि छ । कुनै समय नेपाल तेक्वान्दो सङघ र पारा तेक्वान्दो सङघहरु यी पारा खेलाडी आफ्नो हो भन्न कुनै कसर बाकी राख्दैनथे । र यी दुइृ सङघ बिच खेलाडीको लागी लामो समय देखी द्धन्द तथा सितयुद्ध नै चलेको छ । तर यी खेलाडीलाई समस्या आइपर्दा दुवै सङघ मौन छन् ।
उनी विगत ९ महिना देखी तेक्वान्दो प्रशिक्षण लिएका छन् । नवराज एक पारा खेलाडी भएकाले उनको आम्दानी केही श्रोत पनि छैनन् । जसका कारण उनलाई जिवन निर्वाह गर्न गाह्रो अवस्था सिर्जना भएको छ । उनि सिभल खेलाडी हुन त्यसमाथी उनले कुनै ठुला अन्तराष्ट्रिय प्रतियोगीता खेल्ने अवसर नपाएकाले उनी कुनै पनि खेलकुदको निकायले गर्ने सहयोगको लिष्टमा नै पर्छ नै उनिहरुको आखामा नै  । उनि जस्ता कयौ खेलाडीहरु जो कुनै चर्चामा छैनन् या सफलता शिखर चुमेका छैनन् ती खेलाडीलाई हेर्ने या सहयोग गर्ने कुनै पनि खेलकुद निकाय हाल सम्म अगाडी बढेको देखीएको छैनन् ।( सौर्य दैनिकबाट साभार)

 

Comment