पीडितलाई खेलाडी संघ र महर्जनको राहत

meen-maharjan2
ललितपुरको दक्षिण भेगको मानीखेल र कालेश्वर गाविसकाभूकम्पपीडितलाई नेपाल राष्ट्रियतथाअन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कापूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले सोमबार राहत सामाग्री वितरण गरेका छन् ।
मानीखेलमा ५, ६, ७ र ८ वडामा १ सय घरधुरी तथा कालेश्वरमा १ देखि ९ वडाका १ सय ५० घरधुरीलाई राहत सामाग्री वितरण गरिएको खेलाडी संघका महासचिव दीपकश्रेष्ठले जनाएका छन् । दुवै गाविसका प्रत्येक घरधुरीलाई २ हजार मूल्य बराबरको राहतप्याकेज वितरण गरिएको खेलाडी संघका अध्यक्ष दीपक विष्टले बताए । वितरित राहत सामाग्रीमा चामल, दाल, नुन, तेल, बेसार, पाल, कम्बल, चाउचाउ, विस्कुट, भुजिया लगायत छन् ।
महर्जन, श्रेष्ठ र विष्ट सहित आठौं दक्षिणएसियाली खेलकुदका स्वर्णधारी करातेका रवि महर्जन लगायतले पीडित परिवारका सदस्यलाई राहत प्रदान गरेका थिए ।

 

Comment