हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा

Manoj Shiama
19 June, 2025 5:34 pm

१० औ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा ७ प्रदेशका करिब ५०० खेलाडीको सहभागिता छ । प्रतियोगितामा ७२ स्पर्धा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङले जानकारी दिए । उमेर, तौल र बेल्टको आधारमा स्पर्धा चयन गरिएको हो । 

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्ने छन् । दुई दिन प्रतियोगिताले रुपन्देहीका हाप्किडो खेलको विकासमा ठुलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो सङ्घका अध्यक्ष भुमलाल श्रेष्ठले जानकारी दिए ।