गोर्खामा आईटीएफको राहत

1(10)
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले गोर्खाको घेरुङ गाविस वार्ड नं. ८ स्थित खगीका भूकम्प पीडितलाई सोमबार राहत सामाग्री वितरण गरेको छ ।     त्यो क्षेत्रमा ६१ घर रहेकोमा सम्पूर्ण घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएको र दुई जनाको निधन भएको महासंघका उपाध्यक्ष अन्जन धमलाले गोर्खाबाट जानकारी गराए ।
प्रत्येक घरका परिवारलाई ३० केजी बराबरको १ बोरा चामल, ५ केजी चिउरा, १ कार्टुन चाउचाउ र १÷१ थान त्रिपाल वितरण गरिएको धमलाले जनाएका छन् ।
‘हामीले आफ्ना विभिन्न जिल्ला संघमा राहत संकलन गर्न भनेका छौं । राहत सामाग्री संकलन भएपछि हामी सिन्धुपाल्चोक र नुवाकोटमा पनि राहत वितरण गर्न जान्छौं ।’ उपाध्यक्ष धमलाले बताए ।

Comment