नेदरल्यान्ड्समाथि  नेपालको जित

Manoj Shiama
11 June, 2025 6:53 am

आइसिसी एक दिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जीत हात पारेको छ । स्कटल्यान्डको डण्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङ ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडे पनि नेदरल्यान्ड्सलाई १६ रनले हराएको हो । 

नेपालले दिएको २३७ रन चुनौती पछ्याउन पेनाल्टीमा पाएको १० रनबाट स्कोर सुरु गरेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरू नेपालका बलरसामु निरीह बने । नेदरल्यान्ड्सले ४ बल बाँकी रहँदा सम्पूर्ण विकेट गमाउँदै २२० रनमा सीमित भएको हो ।  

पहिलो एक दिवसीय खेली रहेका नेपालका बलर नन्द यादवले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेपालले आरिफ शेखको ८४ रन मद्दतमा ९ विकेटको क्षतीमा २३६ रन जोडेको हो । शेखले ८५ बलमा ८४ रन बनाएका हुन् ।