रेनसालाई जुनियर तर्फ पहिलो स्थान

नेपाल स्क्वास एकेडेमी, सतदोबाटोमा जारी प्रथम बागमती प्रेसिडेन्ट स्क्वास कप २०८२ अन्तर्गत र्गल्स जुनियरतर्फ रेनसा महर्जनले पहिलो स्थान पाइन् । उनलाई पछ्याउँदै रचना प्रजाले दोस्रो स्थान, नियुक्ति श्रेष्ठले तेस्रो र प्रतीक्षा प्रजाले चौथो स्थान प्राप्त गरिन् ।, नवप्रवेश (नोभिस) र्गल्स तर्फ डोल्मा तामाङ विजेता बनिन् । अलिशा प्रजा दोस्रो, आरोही महर्जन तेस्रो र दीपिका महत चौथो स्थानमा रहे । नवप्रवेश ब्वाइज (नोभिस ब्वाइज) समूहमा हेलिश घिसिङले पहिलो स्थान हासिल गरे । रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र कृश श्रेष्ठ चौथो स्थानमा रहे ।
पुरुष ओपनतर्फ राकेश परियारले तेस्रो स्थान र प्रज्वलले चौथो स्थान प्राप्त गरे । महिला ओपनतर्फ अस्मिता नगरकोटी तेस्रो र शाक्क्षी सुनुवार चौथो स्थानमा रहे । पुरुष र महिला ओपनको फाइनल शनिवार हुने छ ।
आयोजक बागमती स्क्वास ¥याकेट्स सङ्घका महासचिव शैलेश अमात्यका अनुसार, प्रतियोगिताबाट छानिएका शीर्ष खेलाडीहरू आगामी १३औँ राष्ट्रिय स्क्वास च्याम्पियनसिप २०८२ का लागि सिफारिस गरिनेछ । प्रतियोगिताले युवा खेलाडीहरूको हौसला बढाउनुका साथै नेपाली स्क्वास खेलको भविष्य उज्यालो बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।