मोहन र खेम अस्ट्रेलियाको च्याम्पियनसीपमा

khem mohann1
नेपालका मोहन बम र खेम  अस्ट्रेलियाको राष्ट्रिय च्याम्पियनसीप जुडो प्रतियोगिताका लागि छनोट भएका छन् । ३ मेमा अस्ट्रेलियाको भिक्टोरियामा भएको खेलमा मोहनले दुइ वाउटमा दुवै वटामा जित हात पारेका थिए । किया ओ डानोभानसंग इप्पोनको आधारमा जित हात पारेका बमले म्याथ्यु जोन्ससंग पनि इप्पोनको आधारमा जित हात पारे ।
स्याम प्याट्रिकसंग पहिलो बाउट हारेका खेमले सिमोन हर्गानसंगको दोस्रो बाउटमा जित हात पारे । तेस्रो बाउटमा वाक ओभर पाएका खेमले चौथो बाउटमा साम फरिंगटनसंग हारको सामना गरे ।
उनीहरुले नागेल ओ कातामा पनि सहभागिता जनाउने भएका छन् । यसैगरी, एडमन्ड युरेसंग मिलेर अर्को कातामा पनि सहभागिता जनाउने छन् । सन् २०१४ मा मोहनले युरेसंग मिलेर कातामा स्वर्ण पदक जितेका थिए । यो जोडीले ओसीयाना काता च्याम्पियनसीपमा पनि स्वर्ण पदक जितेको थियो । मोहन अलस्वाड टिममा रहेर पनि प्रशिक्षण गरिरहेका छन् । उनीहरु दुवैले राष्ट्रिय खेलका लागि भिक्टोरिया प्रान्तको प्रतिनिधीत्व गरिरहेका छन् ।

Comment