स्पेनमा टग अफ वारको सक्रियता

Manoj Shiama
25 May, 2025 3:01 pm

सुरेन्द्र भुजेल थापाले युरोपेली देशमा बसोबास गरेको २८ वर्ष भएको छ । काठमाडौं नैकाप पुर्ख्यौली घर भएका उनी २३ वर्ष देखि स्पेनमा बसोबास गरी रहेका छन् । यस बिचमा उनी रेस्टुरेन्ट व्यवसायमा सक्रिय छन् । 

तीनै भुजेल अहिले नेपाल डग अफ वारको युरोपेली संयोजक भएका छन् । उनकै पहलमा अर्को महिना टग अफ वारको खेल हुँदै छ । सो खेल नेपाली र स्पेनिसको बिचमा हुने नेपाल टग अफ वारका उपाध्यक्ष तथा प्राविधिक विभाग प्रमुख सूर्य भट्टराई ले सो खेलको तयारी भई रहेको जानकारी दिए । 

नेपाल र युरोपेली देशको बिचमा मूल भिन्नता नै सिस्टममा अटल रहने त्यहाँको प्रशासन नै भएको उनको ठहर छ । 

एनआरएनए स्पेनका उपाध्यक्ष समेत रहेका भुजेल खेलकुद र सामाजिक क्षेत्रमा समेत आफ्नो उत्तिकै रुचि रहेको बताउँछन् ।