नेपाली शारिरिक सुगठन खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता

Manoj Shiama
22 May, 2025 2:22 pm

नेपाली आशिक खड्काले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय स्तरको शरीर सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न आइसिएन नेचुरल बडी बिल्डिङ  प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् ।

उनले फिजिकल तर्फ दुई वटा स्वर्ण पदक तथा समग्रमा दोस्रो स्थान हासिल गरे । खड्का अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी हुन् । हाल उनले सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । पढाइ र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्दै शरीर सुगठन प्रतिको आफ्नो अटल समर्पण र मेहनतलाई निरन्तरता दिएको उनले बताए ।

अस्ट्रेलियामा कयुन्एनएफ , क्युएनएलका अध्यक्ष प्रेम साहीको टोलीले चौतारीमा  आशिकको विजयीको खुसीमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा खादा माला लगाई केक काटेर भव्य रूपमा सफलताको उत्सव मनाइएको थियो ।

कार्यक्रममा सहभागीहरूले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले आंशिकको यस सफलतालाई गर्वका रूपमा लिएको बताएका थिए ।