तेक्वान्दो प्रतियोगिता उत्साहप्रद

Manoj Shiama
15 May, 2025 3:38 pm

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको खेलकुद महोत्सव नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण साबित भएको तेक्वान्दो खेलमा संयोजक मनोज खड्गीले बताए । 

काठमाडौँमा भएको ३ दिने मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा करिब ६०० जना खेलाडीको सहभागिता थियो । 

दशरथ रङ्गशालाको कभर्डहलमा आयोजित सो प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले नै पहिलो स्थान हात पारेको छ । आयोजक टोलीले ११ स्वर्ण पदक जितेको थियो । ढल्को तेक्वान्दो डोजाङ दोस्रो तथा बुटवल तेक्वान्दो डोजाङ तेस्रो भए । 

सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सचिवालय सदस्य राधा श्रेष्ठ तथा तेक्वान्दो विभाग उप प्रमुख राजकुमार ठकुरीलाई सम्मान गरियो ।