निमाको नेतृत्वमा काभ्रेको नेतृत्व

Manoj Shiama
11 May, 2025 11:57 am

काभ्रे । अखिल नेपाल खेलकुद महासङ्घ काभ्रेको दोस्रो जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । काभ्रे जिल्ला खेलकुदको कबर्डहलमा सम्पन्न सम्मेलनले निमा लामा को अध्यक्षतामा ४५ सदस्यीय  जिल्ला कमिटी चयन गरेको हो ।  निर्वाचित कार्यसमितिमा ,उपाध्यक्ष सञ्जय लामा, उपाध्यक्ष बुद्धि बहादुर लामा ,उपाध्यक्ष  निर्मला तामाङ , सचिव तीर्थ बहादुर लामा, सह सचिव विक्रम लामा, सहसचिव इन्द्र बहादुर तामाङ र कोषाध्यक्ष विवेक लामा सहित ४५ जनाको कार्यसमिति निर्माण गरिएको छ ।

नेकपा माओवादी केन्द्रका  केन्द्रीय सदस्य तथा महासङ्घ का फ्याक्स इन्चार्ज  दीपक कोइरालाको  प्रमुख आतिथ्य तथा माओवादी केन्द्र काभ्रेका जिल्ला संयोजक भोला अर्याल र महासङ्घका महासचिव अञ्जन धमलाको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिव एवं बागमती प्रदेशका अध्यक्ष गोविन्द घिमिरे, केन्द्रीय सचिव धन कुमार मैनाली अभिलाष , केन्द्रीय सचिवालय सदस्य तथा काभ्रे इन्चार्ज मानवीर लामाको  आतिथ्य  थियो ।