राजेशलाई पाँचौँ डान

नेपाली जुडो प्रशिक्षक राजेश कर्माचार्यले विश्व जुडो महासङ्घबाट पाँचौँ डान पाएका छन् । नेपालमा रहँदा सङ्घ नेतृत्वले ग्रेडिङ गराउन तदारुकता नदेखाएका कारण धेरै खेलकर्मीको वृत्ति विकासमा समेत अवरोध सृजना भएको छ । नेपालमा प्राय जापान जुडो सङ्घ बाट माथिल्लो तहको ग्रेडिङ गर्ने प्रचलन छ । 

यो सफलता पाउने राजेश नेपालमा रहँदा जुडो मात्र होइन सबै खेलकर्मी मध्य उत्कृष्ट प्रशिक्षक मध्ये एकको रूपमा रहेका थिए । प्राविधिक ज्ञानका खानी राजेश कुशल रेफ्री समेत हुन् । उनी अमेरिकामा रेफ्रीको रूपमा छाइ रहेका छन् । 

Comment