निशेष नेकोस कपमा पहिलो

taekwondo necos
काठमाडौंका निशेष मिर्चिङ मगरले तेश्रो नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५९ केजीमुनिफाइनलमानिशेषले बर्दियाका विष्णुराज बुढाथोकीलाई पराजित गरे ।
पुरुषको ४५ केजीमुनिभक्तपुरकाविवेशभक्त भट्टराई पहिलो भए । उनले फाइनलमा ललितपुरका सुशील राना मगरलाई हराए । ५१ केजीमुनि चितवनका प्रसंग कायश्थले बर्दियाका अरुण बस्नेतको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे ।
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको पेयर पुम्सेमा७९.६३ अंकसाथ काभ्रेका अस्मित रेग्मी र विनिता तामाङ पहिलो तथा ७८.३३ अंकसाथ सुनसरीका सिना माडेन र अर्जुन सुनुवारको जोडी दोश्रो भए ।
महिलाको टिम पुम्सेमा अस्मिता खड्का, विनिता तामाङ र गरिमा घिमिरेको काभ्रे टोली पहिलो भयो । उक्त टोलीले ७६.५३ अंक जोड्यो । त्यसै स्पर्धाको पुरुषमा अमित शाही, छिरिङ तामाङ र सुबोध खड्का सम्मिलित काभ्रे टोली नै पहिलो स्थानमा रह्यो । उनीहरुले ७५.१६ अंक बटुले ।
प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

Comment