जुडोको राष्ट्रिय टिम छनोट पूरा

judoo
नेपाल जुडो संघले राष्ट्रिय टिमका लागि समान ७–७ पुरुष र महिला गरी १४ खेलाडी आइतबार छनोट गरेको छ । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा एकदिने छनोट प्रतियोगिता आयोजना गरी आफ्नो स्पर्धामा पहिलोलाई जुडो संघले राष्ट्रिय टिममा समावेश हुने गरी १४ खेलाडी छानेको हो ।
पुरुषको ६० केजीमुनि नेपाल आर्मीका सुदीपकुमार बोहरा, ६६ केजीमुनि नुवाकोटका रामभक्त तामाङ, ७३ केजीमुनि आर्मीका जंगबहादुर सारु, ८१ केजीमुनि केन्द्रीय डोजोका सञ्जय महर्जन, ९० केजीमुनि नेपाल प्रहरीका श्रीराम मकाजु, १०० केजीमुनि आर्मीका शिवबहादुर बराम तथा १०० केजीमाथि केन्द्रीयका राजन जोशी छनोट भए ।
महिलाको ४८ केजीमुनि बाल वातावरण केन्द्र (सीडब्लुसीएन) की सीता सार्की, ५२ केजीमुनि प्रहरीकी सरिता चौधरी, ५७ केजीमुनि बन्दी सहायता नियोग (पाम) की मनीता प्रधान श्रेष्ठ, ६३ केजीमुनि एमएमएसीकी फुपुल्हामु खत्री क्षेत्री, ७० केजीमुनि प्रहरीकी इन्दिरा राई, ७८ केजीमुनि आर्मीकी गंगा चौधरी तथा ७८ केजीमाथि कञ्चनपुरकी सुनीता बोहरा छानिए । छनोटमा विभिन्न १८ टिमका २५ महिलासहित ७३ खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

Comment