दिलिप प्रति श्रद्धाञ्जली

dilip1
ब्वाइज युनियन तेक्वानदो डोजाङका खेलाडी स्व. दिलिपकुमार केसीको निधन भएको ४५ औं दिनको पुण्यतिथिमा दिलिपि स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले आइतबार श्रद्धाञ्जली सभा आयोजना ग¥यो ।
सो अवसरमा स्व. दिलिपकापिताएवं डोजाङ प्रमुख राजेन्द्र खत्री, डोजाङका खेलाडी, इसीडिसीका खेलाडी, पारा तेक्वान्दो खेलाडीलगायतले स्व. दिलिपको तस्वीरमा पुष्प गुच्छा चढाइ श्रद्धाञ्जली दिएका थिए ।
दोश्रो डान दिलिपको गत फागुन २२ गते १२ वर्षको उमेरमा निधन भएको थियो । ब्वाइज युनियन तेक्वान्दो डोजाङलाई दिलिपको निधन पछि दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङ नामाकरण गरिएको राजेन्द्र खत्रीले जनाएका छन् ।

Comment