सिन्दिरा महिला राष्ट्रिय चेस च्याम्पियन

सिन्दिरा जोशी महिला राष्ट्रिय चेस च्याम्पियन भएकी छन् । काठमाडौँमा जारी ११ चरणको प्रतियोगितामा १० चरणको समाप्तिमै सिन्दिरा च्याम्पियन भएकी हुन् । सिन्दिराले बुधवार भएको नवौँ चरणको खेलमा अंशु दिल प्रजापति तथा १० औ चरणको खेलमा शान्ति धिमाललाई हराइन् । सिन्दिराको ९ अङ्क छ । दोस्रो स्थानमा रहेकी पूजा भण्डारीको ७ दशमलव ५ अङ्क छ । तेस्रो स्थानमा रहेकी कृत्तीसरा अधिकारीको पनि ७ दशमलव ५ अङ्क छ । 

खुला तर्फ राजन सुबेदीको अग्रता कायम छ । नवौँ चरणमा सुशील चौधरीलाई हराएका राजनले १० औ चरणमा प्रकाश नेपालसँग बराबरी गरे । राजनले १० चरणको खेलमा ७ अङ्क जोडेका छन् । उनलाई पछ्याएका क्षितिज भण्डारी र सुश्रुत दाहालको ६ दशमलव ५ अङ्क छ । दुई दिन अघिसम्म अग्रता कायम गरेका पुरुषोत्तम सिलवालका लागि भने पछिल्लो २ दिन खराब रह्यो । प्रेमकृष्ण महर्जनसँग विजयी उनी सुरोज महर्जनसँग पराजित भए । उनले ६ अङ्क छ । प्रकाशको पनि ६ अङ्क छ । उनी नवौँ चरणमा रुपेस जयसवालसँग पराजित भए । 

Comment