बक्सिङ टोली थाइल्यान्ड जाने

बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधवार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

२४ मे देखि ३ जुनसम्म हुने प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्ने छन् । महिला ५४ केजीमा अन्जनी तेलीले खेल्ने छिन् । प्रशिक्षकमा प्रकाश थापा मगर छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरे ।

Comment