बाग्मती र गोकर्णेश्वरको उत्कृष्ट प्रदर्शन 

गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थान सहित प्रथम प्रज्ञा स्मृति बाग्मती प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा प्रवेश गर्ने क्रममा गोकर्णेश्वरले लिखु तामाकोशी गाउँपालिकालाई २५–२०, २५ ,१६ तथा बेथानचोक गाउँ पालिकालाई २५–१७, २५–१९ ले हराएको हो । सो समूहमा समान दुई जित सहित माडी नगरपालिकाले गोकर्णेश्वरलाई पछ्याएको छ । माडी र गोकर्णेश्वरले समान प्रतिद्वन्द्वीलाई हराए पनि गोकर्णेश्वरले  दुवै  खेल सोझो सेटमा तथा माडीले अन्तिम सेटमा जितेका हुन् । 

अर्को समूहमा मकवानपुरको बाग्मती गाउँपालिका बलियो अवस्थामा छ । बाग्मतीले समूहमा रहेका खाँडा देवी गाउँ पालिका र मनौती नगरपालिकालाई हराएको हो । पनौतीले तीन वटै खेलमा पराजयको सामना गरेको छ । खाँडादेवी गाउँ पालिकाले पनि दुई जित हात पारेको छा । खाँडा देवीले तारकेश्वर नगरपालिका र पनौतीलाई हराएको हो । सो समूहमा बाग्मती र खाँडादेवी बलियो अवस्थामा छन् । 

यसै गरी थाहा नगरपालिका पनि दोस्रो चरणको नजिक पुगेको छ । थाहाले समूहको दुवै खेलमा जित हात पारेको हो । सो समूहमा रहेको  घरेलु टोली महाकाल बी दुवै खेलमा पराजित भएको छ । सो समूहमा रहेका ह्याङ्ले गाउँ पालिका र भरतपुर नगरपालिकाले एक जित हात पारेका छन् । 

हेटौडा महानगर पालिकाले २ जित हात पारेको छ । सो समूहमा रहेका जुगल गाउँ पालिका र महाकाल गाउँ पालिकाले समान १ जित हात पारेका छन् । खानी खोलले कुनै जित हात पार्न सकेको छैन ।

लिग कम नकआउटको आधारमा जारी प्रतियोगिताको पहिलो चरणमा समूहमा शीर्ष दुई स्थान पाउने टोली क्वार्टरफाइनल प्रवेश गर्ने छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको सह आयोजनामा प्रतियोगिता भई रहेको हो ।  

Comment