चापाँगाउ महाकाल बाटोको स्तरोन्नतिको प्रतिबद्धता 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर चापाँगाउ देखि लेले टिका भैरव हुँदै महांकाल गाउँ पालिका जाने सडकको स्तर उन्नतिको लागि आगामी नीति तथा कार्यक्रममा नै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार महांकाल गाविसमा आयोजित प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले महाकांल गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणाका लागि प्रदेश सरकारसँग समन्वय गरेर पहल सुरु गरिने पनि बताए । महांकाल गाउँपालिकाको गोटीखेलमा आयोजित सो प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतियोगिता संयोजक डोल्मा माया गोलेको संयोजकत्वमा भएको थियो ।  

Comment