कराते टोलीको बिदाइ

karate
भारतको पञ्जाबमा हुने आठौं इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली कराते टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । टोली १३ पुरुष खेलाडीसहित १५ सदस्यीय रहेको छ । बैशाख ५ देखि ६ गतेसम्म हुने प्रतियोगितामा गणेश भण्डारी, सागर न्यौपाने, सागर भेट्वाल, सोनु थापा, अनिश ठाकुर, सम्राट न्यौपाने, सुमन थामी, सुरज बस्नेत, सुजन तामाङ, प्रेम बुढा मगर, गोविन्द विक, मेखबहादुर क्षेत्री तथा पवनकुमार सुनारले प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडीले व्यक्तिगत कुमुते र काता तथा टिम काता गरी तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
टोली नेतामा जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल तथा दक्षिण एसियाका प्रमुख विसनसिंह खड्का तथा प्रशिक्षकमा सुमन तिमल्सिना छन् । प्रतियोगितामा खड्काले निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् ।
टोलीलाई राखेपका प्रशासकीय अधिकृत मीनकुमार शर्मा, केन्वाकाइका महासचिव राकेश श्रेष्ठ, इन्टेनसिभ इन्टरनेसनल स्कुलका प्रिन्सिपल मात्रिका निरौला र इन्टेनसिभ इन्टरनेसनल कलेजका प्रिन्सिपल पुष्प शर्मालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment