आयोजक सगरमाथा टिम च्याम्पियन

arjun final
आयोजक सगरमाथा तेक्वान्दो डोजाङ ‘ए’ ले दोश्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । टिम च्याम्पियन सगरमाथाले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्यो ।
दोश्रो भएको दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले २ स्वर्ण र ३ रजत हात पा¥यो । २ स्वर्ण, १ रजत र ४ कांस्यसाथ सीतापाइला तेक्वान्दो डोजाङ तेश्रो भयो ।
सिनियरको पुरुषमा दिलिप स्मृतिका सागर रिन्चिन मगर तथा महिलामा विजेश्वरी ज्ञान मन्दिर स्कुलकी मनिला राई उत्कृष्ट खेलाडी चुनिए । जुनियरको पुरुषमा गणतान्त्रिक तेक्वान्दो डोजाङका किरण छुस्याकी तथा महिलामा सीतापाइलाकी सन्जिला तिमल्सिना उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, प्रतियोगिता संयोजक गिरेन्द्रबहादुर राई लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सगरमाथा र काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको दुईदिने प्रतियोगितामा २ सय ५५ खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेको सगरमाथाका प्रमुख अर्जुनभक्त राईले जनाएका छन् ।

Comment