बेसबलमा त्रिपक्षीय सम्झौता


नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बेसबल तथा सफ्ट बल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ ।
विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, बेसबल तथा सफ्ट बल संघका अध्यक्ष दिपक न्यौपाने र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बेसलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबलको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गर्ने गरी सम्झौता भएको जनाइएको छ । यसअघि नेपाल रग्बी संघ, नेपाल ब्याडमिन्टन संघ र नेपाल बास्केटबल संघसंग पनि यस्तै प्रकारको सम्झौता भएको थियो ।

Comment