चन्द्र बहादुर र सङ्गीता उत्कृष्ट 

नेपाल आर्मी र एपीएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।

आर्मीले ३ स्वर्ण जित्यो । प्रहरीले २ तथा कर्णालीले १ स्वर्ण प्राप्त गरे । महिलामा एपीएफले पनि सर्वाधिक ३ स्वर्ण जित्यो । आर्मी, लुम्बिनी र प्रहरीले समान १–¬१ स्वर्ण हात पारे । पुरुष÷महिला दुवैमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपीएफकी सङ्गीता सुनार उत्कृष्ट खेलाडी घोषित भए ।

 पुरुष ५१ केजी फाइनलमा प्रहरीका चन्द्रले मधेस प्रदेशका रविन थापालाई पराजित गरी स्वर्ण जिते । पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाक ओभर), ६३.५ केजीमा प्रहरीका भूपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामी मगरले एपीएफका विक्रम चौधरी, ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपीएफका रविन नेपाललाई हराउँदै पहिलो भए ।

महिला ५० केजीमा लुम्बिनीकी सुषमा तामाङले बागमतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जली तेलीले बागमतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोसीकी नारिका राई, ६० केजीमा एपीएफकी सङ्गीता सुनारले आर्मीकी ललिता महर्जन, ६६ केजीमा एपीएफकी विनीता थापा मगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपीएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई पाखा लगाउँदै स्वर्ण जिते । 

Comment