योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि


कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार ग्रुपको सह–आयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने बताइएको छ । ग्योरोगीमा पुरुष र महिलामा समान १३–१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस ठकुरीले जनाएका छन् । पुम्सेको पुरुष र महिलामा समान २–२ गरी ४ एकल स्पर्धामा खेल हुनेछ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित आयोजकको हलमा हुनेछ ।

Comment