एभरेस्ट तेक्वान्दो एकेडेमी क्यानडाद्वारा मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सम्मानित

एभरेस्ट तेक्वान्डो एकेडेमी, क्यानडाले शनिवार एटा टेबल टेनिस प्रतियोगिताको पुरस्कार वितरणको समयमा नेपाली तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मान गरेको छ । 

क्यानडाको भ्यान कुभर सहरमा आयोजना भएको क्यानडा ओपन तेक्वान्डो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेपश्चात् टोरन्टो भ्रमणमा रहेका मुख्य प्रशिक्षक श्रेष्ठलाई क्यानडाको ब्राम्पटन सहरका मेयर प्याट्रिक ब्राउन तथा एभरेस्ट तेक्वान्दो एकेडेमीका सञ्चालक एवं अन्तर्राष्ट्रिय रेफ्री धीरेन्द्र शाहीले  नेपाली तेक्वान्दो विकासमा श्रेष्ठले गरेको  योगदानको कदर गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा एनआरएनए क्यानडा लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि खेलाडी र दर्शकका साथै क्यानडामा रहेका पाली तेक्वान्दो पूर्व प्रशिक्षक एवं तेक्वान्दो खेलाडीहरूको बाक्लो उपस्थित रहेको थियो ।

Comment