प्रदेश अध्यक्ष पहरीबाट कराते खेल सामाग्री सहयोग

आइडब्लुएफएन कराते शाखा डोजो वडिखेलमा खेलाडीहरूलाई प्रोत्साहन सहित खेलकुद सामग्री प्रदान गरिएको छ । आइडब्लुएफएन कराते सङ्घका बाग्मती प्रदेश अध्यक्ष तथा केन्द्रीय सङ्घका उपाध्यक्ष रमेश पहरीको व्यक्तिगत खर्चमा सो सामान वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि रमेश नै थिए । 

कार्यक्रममा गोदावरी नगरपालिका –४ का अध्यक्ष सानु भाइ नगरकोटी तथा आईडब्लुएफएन कराते सङ्घका प्रमुख प्रशिक्षक बुद्ध राज नेगी, सिन्धुपाल्चोक जिल्ला कराते महासङ्घका अध्यक्ष गङ्गा श्रेष्ठको पनि उपस्थिति थियो । साथै आइडब्लुएफएन कराँते सङ्घ ललितपुर  जिल्ला सचिव शैलेश पहरी, आइडब्लुएफएन कराँते डो सङ्घ बडिखेल डोजोका मुख्य प्रशिक्षक तथा केन्द्रीय सदस्य हरि कृष्ण पहरी तथा बडिखेल डोजोका किक बक्सर  सुवास पहरी लगायतले आइडब्लुएफएनमा आबद्ध खेलाडीलाई शुभकामना दिएका थिए । सानो भाइले शिक्षालाई प्राथमिकतामा राख्दै सक्षम अनुशासित खेलाडी उत्पादनको निमित्त आवश्यक सहयोग र खेल सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

Comment