इन्टर स्कुल आइटीएफ सम्पन्न 

दोस्रो काठमाडौँ इन्टर स्कुल आइटीएफ च्याम्पियनसिपको पुरुष २० केजीमा विवेक श्रेष्ठ पहिलो, आयान श्रेष्ठ दोस्रो तथा आयुष घर्ती मगर र लोब्साङ साङ्ग्रो थिङ तेस्रो भए । २५ केजी तौल समूहमा शिशिर लिम्बु पहिलो, कुशल विक्रम भण्डारी दोस्रो तथा आशुतोष पाण्डे र शिशिर मगर तेस्रो भए । 

३० केजी समूहमा सुवीर श्रेष्ठ पहिलो, रिदम मगर दोस्रो तथा मिङमा तामाङ र डेनिस राई तेस्रो भए । ३५ केजीमा वसन्त मुखिया, पुकार कोइराला, समीर बस्नेत र आरोन महत शीर्ष तीनमा रहे । यसै गरी, ४० केजीमा एन्ड्र ठकुरीले स्वर्ण ,जिग्मी फोनसोक गुरुङ दोस्रो तथा साजन लामा र निमा लामा तेस्रो भए । ४५ केजीमा राहुल तामाङ पहिलो, अनीश ठाकुर दोस्रो तथा प्रज्वल लामिछाने र साइन श्रेष्ठ तेस्रो भए । ५० केजीमा अङ्कित श्रेष्ठले स्वर्ण तथा रोनिस श्रेष्ठले रजत पदक जिते । अर्जुन सुनुवार र सद्रिस राईले कास्य पदक जिते । ५५ केजीमा केविस चन्दले स्वर्ण, देवशिष थापा मगरले रजत तथा प्रज्वल भारती तथा अनुप बुढा मगरले कास्य पदक जिते । ६० केजीमा मिलन तामाङले स्वर्ण तथा रिदम बस्नेतले रजत पदक जिते । यसै गरी, स्मरण श्रेष्ठ र आङ फूर्वा शेर्पाले कास्य पदक जिते । ६० केजी भन्दा माथि कृष्टल गुरुङ पहिलो भए । 

महिलाको ४५ केजीमा मन्ना लामाले स्वर्ण,दीपिका थापा मगरले रजत तथा रीति ढकाल र स्मृति थापा मगरले कास्य पदक जिते । 

५० केजीमा आयुश्मा थापा मगरले स्वर्ण पदक, निमा भुटी गुरुङले रजत तथा मेझाबिन खातुन र लाक्पा छाम्जो गुरुङले कास्य पदक जिते । ५५ केजीमा पेमा कुन्साङ गुरुङले स्वर्ण तथा फुनचोक योञ्जन तामाङले रजत पदक जिते । छिरिङ यामजोम गुरुङ र उस्केन खान्द्रो गुरुङले कास्य पदक जिते । 

६० केजीमा सेन्छेरेङमा लिम्बुले स्वर्ण, चाहत श्रेष्ठले रजत तथा सुप्रिमा राईले कास्य पदक जिते । 

Comment