काठमाडौँमा इन्टर स्कुल आइटीएफ

दोस्रो काठमाडौँ इन्टर स्कुल आइटीएफ च्याम्पियनसिप बिहीबार सुरु भयो । बौद्ध इन्टरनेसनल स्कुलमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश लाल कक्षपतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 

उद्घाटन कार्यक्रममा नेपाल आइटीएफका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक उमेश राज थला,सिन्धुली जिल्ला आइटीएफका उपाध्यक्ष जीवन खुलाल मगर र ललितपुर जिल्ला आइटीएफका सचिव तथा नेपाल आइटीएफका डाटा कोअर्डीनेटर पुकार केसीको उपस्थिति थियो । काठमाडौं जिल्ला आइटीएफका अध्यक्ष शंकर देव श्रेष्ठको पनि उपस्थिति रहेको सो कार्यक्रमको संयोजक काठमाडौँ जिल्ला आइटीएफका सचिव रितिज पुरी थिए । 

Comment